+
+

मध्यपुर थिमिमा मानसिक स्वास्थ्यबारे सचेतना कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १८:४७

४ पुस, काठमाडौं । मध्यपुर थिमि नगरपालिकाले मानसिक स्वास्थ्य परामर्शलाई प्राथमिकता दिन थालेको छ । एक सचेतनाका कार्यक्रम गर्दै नगरपालिकाले नगरबासीमा रहेको र हुनसक्ने मानसिक स्वास्थ्य सम्बन्धी समस्यालाई कम गर्न निरन्तर प्रयास गर्ने बताएको हो ।

बुधबार मध्यपुर थिमि नगरपालिका र आकार मेन्टल हेल्थ काउन्सिलिङले संयुक्त रुपमा आयोजना गरेको तीन दिने मानसिक स्वस्थ्य परामर्श कार्यक्रममा नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले शारीरिकसँगै मानसिक रुपमा स्वस्थ रहने कुरा महत्वपूर्ण रहेको भन्दै नगरपालिकाले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरणका लागि काम गर्ने बताए ।

गुणस्तरीय जीवनका लागि मानसिक स्वास्थ्य समस्यारहित वातावरण बनाउनुपर्ने भन्दै उनले तनाब व्यवस्थापनको कला अहिलेको जीवशैलीका लागि आवश्यक भइसकेको बताए । मानसिक रोगहरुको न्युनीकरण गर्नुपर्नेमा जोड दिंदै उनले मानसिक स्वस्थ्य परामर्शलाई नगरपालिकाले महत्व दिने पनि बताए ।

‘सुखी र खुशी जीवनका लागि मानसिक स्वास्थ्य निकै महत्वपूर्ण छ, मानसिक दुर्बलतालाई जितेर अघि बढ्ने उत्प्रेरणाका लागि समस्या भोगिरहेकाहरु हाम्रो प्राथमिकतमा हुनुपर्छ,’ उनले भने,‘स्थानीय सरकारले पनि जनतासँग हातेमालो गर्दै उनीहरुका सबै समस्या समाधानमा काम गर्छ ।’ कार्यक्रममा नगरपालिकाका स्वास्थ्य विभागका कर्मचारी, स्थानीय शिक्षक, सर्वसाधारणको सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?