
काठमाडौं । कुमारी बैंक लिमिटेडले आईटी क्षेत्रका लागि केबीएल स्मार्ट बिजनेस लोन फर आईटी कम्पनी अन्तर्गत उपलब्ध गराउँदै आएको ऋण सुरक्षण गर्न निक्षेप तथा कर्जा सुरक्षण कोष (डीसीजीएफ) सँग सम्झौता गरेको छ ।
सम्झौता अनुसार निक्षेप तथा कर्जा सुरक्षण कोषले कुमारी बैंक मार्फत आईटी क्षेत्रका कम्पनीहरूका लागि तयार पारिएको केबीएल स्मार्ट बिजनेस लोन फर आईटी कम्पनीको पोर्टफोलियो सुरक्षण गर्नेछ ।
यो सम्झौताबाट आईटी कम्पनीहरूमा वित्तीय पहुँच प्रवर्द्धन गर्न कोसेढुङ्गा हुने विश्वास दुवै पक्षको रहेको छ ।
कुमारी बैंक लिमिटेडले सूचना प्रविधि क्षेत्रको विशेष आवश्यकताहरुलाई बुझ्दै उक्त क्षेत्रलाई आवश्यक बैंकिङ्ग सेवा प्रदान गर्न अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।
कुमारी बैंक लिमिटेडले नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिससँग साझेदारीमा काम गर्दै आएको छ । जस अन्तर्गत बैंकले सदस्य कम्पनीहरूलाई भौतिक धितोरहित ऋण उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया 4