+

इन्जुरी टाइममा गोल गर्दै रियल मड्रिड शीर्ष स्थानमा

२०८० पुष  ६ गते ८:४४ २०८० पुष ६ गते ८:४४
इन्जुरी टाइममा गोल गर्दै रियल मड्रिड शीर्ष स्थानमा

६ पुस, काठमाडौं । लुकास भजक्वेजले इन्जुरी टाइममा गोल गरेपछि दश खेलाडीमा समेटिएको रियल मड्रिडले स्पानिस ला लिगामा अलाभेजलाई १-० ले पराजित गरेको छ । यो जितपछि रियल जिरोनालाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेको छ ।

त्यसअघि जिरोना र रियल बेटिस बीचको खेल १-१ को बराबरीमा रोकिएपछि रियललाई शीर्ष स्थानमा उक्लने मौका थियो ।

तर रियलले अलाभेजलाई हराउन संघर्ष गर्नुपर्‍यो ।

५४औं मिनेटमै नाचोले रातो कार्ड पाएपछि रियल दश खेलाडीमा समेटिएको थियो । तर इन्जुरी टाइमको दोस्रो मिनेटमा लुकास भजक्वेजले टोनी क्रुसको कर्नरमा हेड मार्फत गोल गर्दै रियललाई जित दिलाए ।

जितपछि रियलको १७ खेलबाट ४५ अंक भएको छ । जिरोनाको पनि ४५ अंक नै छ । तर गोल अन्तरमा जिरोनालाई रियलले पछि पारेको हो ।

रियल मड्रिड स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय