+
+

समृद्धि यु–१९ राष्ट्रिय बास्केटबलमा आईएसएको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते ८:४८
महिलातर्फ प्रतिस्पर्धा गर्दै आईएसए नेपाल र जेभियर इन्टरनेसनलका खेलाडी

५ पुस, काठमाडौं । समृद्धि यु–१९ राष्ट्रिय बास्केटबल प्रतियोगिता आईएसए नेपालले लगातार दोस्रो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको महिलाको राउन्ड रोविन लिग खेलमा आईएसए नेपालले जेभियर इन्टरनेसनललाई ४२–२६ ले हरायो । विजेताकी सन्ध्या डंगोलले १६ अंक जोडिन् ।

आईएसएले पहिलो खेलमा भ्याली पब्लिकलाई पराजित गरेको थियो ।

यस्तै पुरुषतर्फ बूढानीलकण्ठले काभ्रे एकेडेमीलाई ७९–६५ ले पराजित गर्‍यो । बूढानीलकण्ठका तेन्जिङ शेर्पाले २७ स्कोर गरे ।

पुरुषतर्फ नै गोल्डेन गेटले समृद्धिलाई ८९–३७, सीसीआरसीले ह्वाइटहाउसलाई ६८–५४, टाइम्सले रोयल्सलाई ७७–५५ र ग्रिनफिल्डले बौद्ध युथ क्लबलाई ८८–७३ ले हराए ।

गोल्डेन गेटका उर्गेन लामाले २०, सीसीआरसीका प्रनिशले १२, टाइम्सका सिमोनले २८ र ग्रिनफिल्डका अमृतले २२ अंक जोडे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?