
६ पुस, काठमाडौं । नेपाली कांग्रेसको प्रथम वागमती प्रदेश सम्मेलन पुस ७ गते काठमाडौंमा हुने भएको छ ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाली काँग्रेस वागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले नेपाली काँग्रेस वागमती प्रदेशको प्रदेश सम्मेलन पौष ७ गते शनिवार काठमाडौंमा हुने बताए ।
उनले सम्मेलनको पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेस वागमती प्रदेशको ऐतिहासिक प्रदेश सम्मेलन नेपाली कांग्रेसका शेरबहादुर देउवाजीको प्रमुख आतिथ्यता र नेपाली नेपाली कांग्रेस वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको सभापतित्वमा २०८० साल पौस ७ गते शनिबार बिहान ८:३० बजे समुद्घाटन हुनेछ ।’
कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।
प्रतिक्रिया 4