+

टीआईए कप बास्केटबल आइतबारदेखि

२०८० पुष  ६ गते १९:१७ २०८० पुष ६ गते १९:१७
टीआईए कप बास्केटबल आइतबारदेखि

६ पुस, काठमाडौं । ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) को आयोजनामा १५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर ब्वाइजमा १४ तथा सिनियर गल्र्समा १२ गरी २६ टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा टीआईएका प्रधानाध्यापक उत्तमराज थापाले जानकारी गराए । दुवै विधामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।

चार वर्षपछि प्रतियोगिता हुन लागेको हो । चार वर्षको अवधिमा कोभिड र विद्यालय हाताको पूर्वाधार स्तरोन्नती गर्नु परेकाले प्रतियोगिता हुन नसकेको प्रधानाध्यापक थापाले बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरु हात्तीगौडास्थित आयोजककै कोर्टमा हुनेछ ।

बास्केटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय