
६ पुस, काठमाडौं । हस्पिटल फर एडभान्स मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले प्राथमिक सेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
अस्पतालले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा १८८ रुपैयाँ प्रिमिय जोडेर प्रतिकित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता आईपीओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा आवेदन दिएको हो ।
सार्वजनिक निष्कासन गरी धितोपत्र बजारमा स्वीकृति हुन बोर्डमो आवेदन दिने ह्याम्स अस्पताल स्वास्थय क्षेत्रकै पहिलो संस्था हो । ह्याम्स अस्पताललाई गत आर्थिक वर्षको असारमा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड बनेको थियो ।
अस्पतालले जारी पूँजीको १५ प्रतिशत आईपीओ जारी गर्न लागेको हो । जसको लागि कम्पनीले क्रेडिट रेटिङ पनि गराइसकेको छ। रेटिङ एजेन्सी इक्रा नेपालले आईपीओ निष्कासनका लागि इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ।
प्रतिक्रिया 4