७ पुस, काठमाडौं । पिकलबल संघ नेपालको आयोजनामा फागुनमा नेपाल अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको छ। सातदोबाटोस्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते आयोजना गरिने शुक्रबार पत्रकार सम्मेलनमार्फत संघले जानकारी दिएको हो ।
नेपालको २४ सहित,भारत, थाइल्याण्ड, बेलायत,स्पेनका गरी १२० खेलाडीको प्रतियोगितामा सहभागिता रहने बताइएको छ ।
टोलीका व्यवस्थपक ज्याक्सन सुवेदीले ३ विधा एमेच्योर, इन्टरमेडिड, एडभान्समा महिला पुरूष १९ वर्ष,३५ वर्ष माथि, ५० वर्ष र ६० वर्ष माथि अलग अलग प्रतिस्पर्धा हुने बताए ।
महिला पुरुष सिगंल, डबल्स, मिक्स डबल्समा २ सय १६ पदकको लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा भाग लिने खेलाडीका लागि दर्ता खुला गरिएको आयोजकले जानकारी दिएको छ ।
संघका अध्यक्ष मुकुन्द (सौरभ) भण्डारीले पिकलबल नेपालमा नयाँ खेल भएको बताए । ४ वर्ष अघि पिकलबल सुरु भएपनि कोभिडका कारण सोचे जस्तो विस्तार गर्न नसकिएको जानकारी दिए । अध्यक्ष भण्डारीले भविष्यमा सगरमाथाको आधार शिविरमा प्रतियोगिताको आयोजना गर्ने योजना रहेको बताए ।
पछिल्लो डेढ वर्षमा खेल्ने सय भन्दा बढि खेलाडी तयार भएको र भविष्यमा खेलाडी बढाउने लक्ष्य रहेको अध्यक्ष भण्डारीले जानकारी दिए । पिकलबल सन् १९६५ मा अमेरिकामा सुरु भएको थियो ।
टोलीका संयोजक फत्तेबहादुर खड्काले पिकलबलको विकासले पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास लिइएको बताए । विशाल मिलन केन्द्रका सचिव लक्ष्मण थापाले समुदायलाई जोड्न पिकलबल सहयोगी हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4