+
+

रम्बा चाउचाउमा न्युनस्तरको खाद्य भेटिएपछि ३५ हजार धरौटी मागियो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १८:३४

८ पुस, पोखरा । पोखरा नुडर्ल्सको रम्बा चाउचाउमा न्युनस्तरको खाद्य पदार्थ भेटिएको छ । म्याग्दीको किराना पसलमा केही महिना अगाडि न्युनस्तरको खाद्य पदार्थ भेटिएको थियो ।

न्युनस्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बागलुङले कास्कीमा पठाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीमार्फत कास्की जिल्ला अदालतमा मुद्धा अगाडि बढाइएको थियो ।

न्यायाधीश ध्रुवकुमार पियाको इजलासले रम्बा चाउचाउ उत्पादन गर्ने पोखरा नुडल्सका अध्यक्ष श्रीराम पाण्डेलाई आइतबार ३५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । म्याग्दीको एक किराना पसलमा चाउचाउमा हुने तलेमा पेरोकसाइड भ्यालु १० हुनेपर्नेमा १७ भएको पाइएको थियो ।

पोखरा नुडल्र्सले भने रम्बा चाउचाउ उत्पादन हुने कच्चा पदार्थ र तयार भइसकेपछि पनि परीक्षण गरेर पठाउने तर ढुवानी र भण्डारणका क्रममा तापक्रम नमिल्दा त्यस्तो हुन सक्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?