
८ पुस, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा स्थगित गरेको छ ।
यो कम्पनीले आफ्नो सेवा र उपकरण नेपाल एयरलाइन्सलाई हस्तान्तरण गरेको नेपाल वायुसेवा निगमले जानकारी दिएको छ ।
काठमाडौंमा एयर इण्डिया र थाई एयरले सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्दै आएका थिए । अन्य कम्पनीको भने नेवानिले ग्राउण्ड ह्याण्डिलिङ सेवा प्रदान गरिरहेको छ ।
निगम र थाई एयरवेजबीच २९ अक्टोबर २०२३ मा काठमाडौंको ग्राउण्ड ह्याण्डलिङ गर्ने बारे सम्झौता भएको थियो ।
नेपाल सरकारले थाई एयरवेजसँग रहेका ८० थान उपकरणहरु निगमको स्वामित्वमा रहन ३ साउन २०८० मा स्वीकृति दिएको थियो ।
सोही अनुसार ती उपकरणमा निगमको हक रहने गरी ३० मंसिरमा हक हस्तारन्तरण सम्झौता सम्पन्न भएको निगमले जनाएको छ ।
सम्झौतामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाई एयरका वेस्टर्न एण्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया 4