८ पुस, काठमाडौं । ब्लड क्यान्सरसँग जुधिरहेका फुटबल प्रशिक्षक प्रकाश अर्याललाई अमेरिकामा आधारित सांग्रिला क्लबले आर्थिक सहयोग गरेको छ ।
सांग्रिला क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रशिक्षक अर्याललाई दुई लाख ११ हजार ?पैयाँ नगद हस्तान्तरण गरेको हो । सांग्रिलाका प्रतिनिधि जितु बस्नेतले प्रशिक्षक अर्याललाई नै आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।
मधेश प्रदेश फुटबल संघ, धनुषा जिल्ला फुटबल संघ तथा धनुषा जिल्लाको ग्रास?ट फुटबल प्रशिक्षकमा कार्यरत अर्यालले नेपाली यू–१९ र यू–२३ राष्ट्रिय टिमसमेत हेरिसकेका छन् । नेपाली फुटबलका चर्चित अनुहारह? चेतन घिमिरे, निराजन श्रेष्ठ, दीनेश हेन्जन र बृजेश सिंह अर्यालकै उत्पादन हुन् ।
“सांग्रिला परिवारले प्रशिक्षक प्रकाश अर्याल ज्युले योगदानको कदर गर्दै हामीले सानो सहयोग गर्ने प्रयास गरेका हौ,” सहयोग हस्तान्तरणपछि बस्नेतले भने ।
प्रशिक्षक अर्यालले सांग्रिलाले गरेको सहयोगप्रति धन्यवाद दिँदै क्यान्सरलाई जितेर चाँडो मैदान फर्किने चाहना रहेको बताए ।
“एन्फा, प्रशिक्षक संघ, नेपाल सुपर लिगले सहयोग गर्नुभएको छ । उहाहरूको सहयोगमा धन्यवाद दिन म संग शब्द नै छैन । यो रोगलाई जितेर चाडोभन्दा चाडो मैदान फर्कन पाउ भन्ने चाहना छ । तपाईहरूको सहयोगप्रती सबैलाई धन्यवाद दिन चाहन्छु,’ सहयोग कार्यक्रममा अर्यालले भने ।
अर्याललाई यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय फुटबल प्रशिक्षक संघले पनि आर्थिक सहयोग गरेको थियो ।
प्रतिक्रिया 4