+
+

आरती साहका पति मोतीबाबु जनकपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १२:१७

९ पुस, जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ ।  सोमबार करिब ११ बजे जनकपुरधामको सीताचोकस्थित सनुन  होटेलबाट उनलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले जानकारी दिए ।

उनलाई आवश्यक प्रक्रिया पुर्‍याएर थुनामा पठाइने एसपी शर्माले बताए । गत मंसिर २० गते सर्वोच्च अदालतले आरती साहका पति मोतीबाबुलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो ।

जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोककी आरती साहको शव गत ७ जेठमा घरमै झुण्डिएको अवस्थामा भेटिएको थियो । उनको माइती पक्षले छोरीको हत्या भएको भन्दै पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीविरुद्ध जाहेरी दिएका थिए ।

त्यसपछि जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर १८ असोजमा उच्च अदालत जनकपुरले पति र ससुरा दुबै जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो। त्यसपछि आरतीको माइतीपक्षले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेका थिए । सर्वोच्चले पतिलाई थुनामा पठाउन र ससुरालाई १ लाख रुपैयाँ धराैटीमा छाड्न आदेश दिएको थियो ।

माइती पक्षले आरतीको दाइजोको कारण श्रीमान् र ससुराले हत्या गरेको आरोप लगाउँदै आएको छ । आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना बसेका छन् ।

धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेपछि मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?