+
+

बसन्तपुर क्षेत्रमा मनाइयो योमरी पूर्णिमा

आर्यन धिमाल आर्यन धिमाल
२०८० पुष १० गते ११:५८

१० पुस, काठमाडौं । नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) मनाएका छन् । मंगलबार बसन्तपुर क्षेत्रमा नेवार समुदायले यःमरीसहित नगर परिक्रमा गरे ।

उनीहरु परम्परागत भेषभूषामा सजिएका थिए । ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष ज्यापु दिवसमा यस्तै कार्यक्रम गर्दै आएको छ ।

यःमरी पुन्हीका दिन गृहणीहरुले चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा आदि राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गर्दछन् ।

आजको दिन धान, गणेश, कूलदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी योमरी, सेल, बाबर, पुरी मालपुवा आदि परिकार बनाएर चढाउने परम्परा छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?