
काठमाडौं । दयाहाङ राई र सौगात मल्ल स्टारर ‘हात्तीछाप’ नेपालसहित दक्षिण कोरिया र जापानमा रिलिज हुने भएको छ । यो फिल्म नेपालमा माघ २६ गते रिलिजको तयारीमा छ ।
डायस्पोराको वितरण कम्पनी यूएनएले यो फिल्मलाई ती मुलुकमा प्रदर्शन गर्न लागेको हो । यूएनएका प्रबन्ध निर्देशक उज्ज्वल गुरागाईंले ती मुलुकको नेपाली डायस्पोरामा फिल्म प्रतीक्षित रहेको बताए ।
‘फिल्मको टिजर सार्वजनिक भएपछि जापान र कोरियाका दर्शकले हात्तीछापलाई प्रतीक्षा गरिरहनुभएको छ । यसले हामीलाई अझै उत्साहित बनाएको छ,’ गुरागाईंले भने ।
किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारले निर्देशन गरेको यो फिल्ममा उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, सुष्मा निरौला, विल्सनविक्रम राई लगायत कलाकारको अभिनय छ ।
जापान र दक्षिण कोरिया नेपाली फिल्मका लागि राम्रो बजार मानिन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4