+
+

दिल्लीस्थित दूतावास नजिक विष्फोटपछि इजरायलले जारी गर्‍यो ट्राभल एडभाइजरी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते ९:३७

११ पुस, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित इजरायली दूतावास नजिक विष्फोट भएपछि इजरायलले ट्राभल एडभाइजरी जारी गरेको छ ।

इजरायली राष्ट्रिय सुरक्षा परिषदले उक्त विष्फोट ‘आतंकवादी हमला’ हुन सक्ने आशंका गर्दै भारतमा रहेका आफ्ना नागरिकहरुका लागि ट्राभल एडभाइजरी जारी गरेको हो ।

गएराति दिल्लीको चाणक्यपुरीस्थित इजरायली दूतावास नजिक विष्फोट भएको थियो । भारतीय समय अनुसार मंगलबार बेलुका पौने ६ बजेतिर विष्फोट भए पनि कोही पनि हताहती भएका छैनन् ।

इजरायली राष्ट्रिय सुरक्षा परिषदले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई भीडभाड हुने ठाउँमा नजान भनेको छ । साथै रेष्टुरेन्ट, होटल, पब, सपिङ मल लगायतका स्थानमा जाँदा सतर्क रहन पनि भनेको छ । साथै सार्वजनिक स्थानहरुमा आफू इजरायली नागरिक भएको पहिचान नखुलाउन र सामाजिक सन्जालहरुमा आफ्नो यात्राबारे उल्लेख नगर्न पनि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?