
काठमाडौं । वर्षा सिवाकोटी पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । दशैंमा रिलिज भएको ‘परदेशी २’ मा उनको शीर्ष भूमिका थियो भने ‘भष्मे डन’मा उनी केमियो रोलमा देखिइन् ।
उनको आगामी रोमान्टिक फिल्म ‘काजी’ छायांकन माघ अन्त्यदेखि बेलायतमा हुँदैछ । यो फिल्ममा वर्षा प्रेमिकाको भूमिकामा देखिंदैछिन् । सन् २०१२ को सेटअपमा खिच्न लागिएको यो फिल्म वर्षाको करिअरमा महत्वपूर्ण हुने अपेक्षा गर्न सकिन्छ । यसमा विपिन कार्कीको अपोजिटमा उनी देखिनेछिन् ।
फिल्मबाहेक वर्षा बेलाबेलामा निजी कारणले पनि चर्चामा आउँछिन् । इन्स्टाग्राममा उनी प्रायः आफ्ना आकर्षक तस्वीर पोस्ट गर्छिन् । यी सबै हेर्दा उनको फेसन–कन्सस स्वभाव स्पष्ट हुन्छ । डेब्यु फिल्म ‘नाइँ नभन्नु ल २’ नै हिट भएपछि वर्षाले पछाडि फर्केर हेर्नुपरेन ।
सन् २०२३ मा वर्षाका तीन फिल्म रिलिज भए । जसमा मनसँग मन, परदेशी २ र भष्मे डन (केमियो) छन् । वर्षाले इन्स्टाग्राममा केही नयाँ तस्वीर पोस्ट गरेकी छन् जहाँ उनको विन्टर फेसन शैली देख्न सकिन्छ ।
तस्वीरहरु
प्रतिक्रिया 4