१० पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९ रनले हराउँदै बागमती प्रदेशले तेस्रो जित निकालेको छ ।
त्रिवि क्रिकट मैदान कीर्तिपुरमा बागमतीले दिएको ११० रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो ।
लुम्बिनीका लागि कप्तान सरस्वती जीएमले सर्वाधिक २९ रन बनाइन् । उनले ३६ बलमा ३ चौका प्रहार गरिन् ।
ओपनर लक्ष्मी चौधरीले ११ रन बनाइन् । सरस्वती पुनले १७ रन बनाइन् । कमला जीएम २० रनमा नट आउट रहिन् ।
बागमतीका लागि अस्मिना कर्मचार्य र खुसी डंगोलले समान २/२ विकेट लिए । संस्कृति फुयाँल, सोनी पाख्रिन र मनिषा उपाध्यायले समान १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनाएको थियो ।
बागमतीका लागि ओपनर हेलिशा गुरुङले निकै सम्हालिएको ब्याटिङ गरिन् । उनले ४५ बलमा ४ चौका र १ छक्कासहित ४६ रनको पारी खेलिन् ।
अन्य कुनै ब्याटरले बिचमा दोहोरो अंक जोड्न नसक्दा यशु पाण्डेले १२ रनको अविजित पारी खेलिन् ।
लुम्बिनीको लागि शर्मिला रोक्काले सर्वाधिक ३ विकेट लिइन् । मनिषा राना, कृतिका मरासिनी र मधु डिसीले समान १/१ विकेट लिए ।
प्रतियोगितामा बागमतीको याे तेस्रो जित हो भने लुम्बिनीको तेस्रो हार हो ।
प्रतिक्रिया 4