
११ पुस, काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी विरुद्ध जिल्ला अदालत ललितपुरमा घरेलु हिंसा गरेको अभियोगमा मुद्दा दर्ता भएको छ ।
उनकी पत्नी जानकी पाण्डेले आफूमाथि घरेलु हिंसा गरेको भन्दै भण्डारीविरुद्ध मुद्दा दायर गरेकी हुन् । अधिवक्ता समेत रहेकी पाण्डेले आफूमाथि श्रीमानले घरेलु हिंसासँगै आर्थिक र मानसिक हिंसा गरेको आरोप लगाएकी छन् ।
उनले डा. भण्डारीमाथि शारिरिक, मानसिक, आर्थिक र यौनजन्य शोषण गरेको आरोप लगाएकी छन् ।
जिल्ला अदालतमा दर्ता भएको निवेदन अनुसार बरिष्ठ अधिवक्ता डा. भण्डारीले विवाह लगत्तैदेखि पत्नी जानकी पाण्डेमाथि विभिन्न लाञ्छना लगाई दुर्व्यवहार गरेका थिए । आपसी विवादका क्रममा उनले ज्यान मार्ने धम्की दिएको भन्दै पाण्डेले निवेदनमा उनीमाथि हदैसम्मको कारवाहीको माग गरेकी छन् ।
बुधबार नै जिल्ला अदालतमा पाण्डेले बरिष्ठ अधिवक्ता डा. भण्डारीमाथि नाता कायम गरिपाँउ भनी अर्को निवेदन समेत दर्ता गरेकी छन् ।
२०७४ सालमा आफूसँग विवाह गरेका श्रीमान सुरेन्द्र भण्डारीले विवाह दर्ता गर्न इन्कार गरेको आरोप छ ।
सुरेन्द्र भण्डारीले २०८० सालको मिति राखेर मात्रै विवाह दर्ता गरिदिन्छु भनेको भन्दै उनले विवाह भएकै मितिमा विवाह दर्ता हुनुपर्ने मागसहित अर्को मुद्दा दर्ता गरेकी छन् ।
आफूलाई पत्नीको रुपमा स्विकारेर परम्परागत विवाह गरेपछि करिव ६ वर्षदेखि आफूहरु पतिपत्नीको रुपमा बसेपछि डा. भण्डारीले विवाह दर्ता नगरिदिएको भन्दै उनले विहे दर्ताको आदेश जारी हुनुपर्ने माग गरेकी छन् ।
बरिष्ठ अधिवक्ता डा. भण्डारीले २०८० सालको मिति राखेर मात्रै विहे दर्ता गर्न स्विकार गरेका थिए । तर जानकी पाण्डेले परम्परागत रुपमा विेही भएकै मितिदेखि विहे दर्ता कायम हुनुपर्ने माग गरेकी छन् ।
प्रतिक्रिया 4