११ पुस, काठमाडौं । हाइड एन्ड सिक किन्डर गार्टेनले ११ औं वार्षिकोत्सवको अवसरमा १९ औं एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङ तथा विद्यालयका खेलकुद शिक्षक हरि लामालाई सम्मान गरेको छ ।
करातेका राष्ट्रिय रेफ्री लामा रग्वीका पूर्व राष्ट्रिय प्रशिक्षक हुन् । साथै उनले चेन्नइमा भएको ओलम्पिक छनोट, कतारमा भएको एसियन ट्रफी तथा चेन्नाइमा भएको एसियाली छनोटमा सहभागिता जनाएका थिए ।
लामा फुटबलको एएफसी सी लाइसेन्स प्रशिक्षक पनि हुन् । साथै उनले गोलकिपिङ कोचको प्रशिक्षण पनि गरिसकेका छन् ।
उनी विगत ११ वर्षदेखि किन्डर गार्डेनमा आवद्ध छन् । किन्डर गार्डेनले प्रत्यके वर्ष एक जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका खेलाडीलाई सम्मान गर्ने गरेको छ ।
काठमाडौ बनस्थलीस्थित ढुंगेधारास्थित किन्डर गार्डेनको प्रांगणमा भएको कार्यक्रममा सभापित डा. चण्डिकाप्रसाद भट्ट, संस्थापक निर्देशक हरि गौतम, संस्थापक निर्देशक इन्दिरा गौतम र संस्थापक प्रीन्सीपल कुमुद भट्टले गुरुङ र लामालाई नगदसहित सम्मान गरे ।
प्रतिक्रिया 4