+
+

काठमाडौं महानगरले सुरु गर्‍यो पूर्वाधार अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ११ गते २०:३८

११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबारदेखि पूर्वाधार अनुगमन सुरु भएको छ ।

उपप्रमुख सुनिता डंगोल संयोजक रहेको अनुगमन तथा मुल्याङ्कन समितिले बुधबारदेखि पूर्वाधार योजनाहरुको अनुगमन सुरु गरेको जनाएको हो ।

शहरी योजना आयोगका उपाध्यक्ष डा.सुमननरसिंह राजभण्डारी सहित समितिका सदस्यहरुले पहिलो दिन वडा नम्बर २९ को निर्माणाधीन कार्यालय भवन र व्याडमिन्टन कोर्टको अनुगमन गरेको छ ।

समितिले कार्यालय भवन निर्माण पक्षलाई गुणस्तर परीक्षणको प्रतिवेदन उपलब्ध गराउन निर्देशन समेत दिएको छ । यस्तै भवनको ढलानको काम गर्दा अनुगमन समिति र महानगरपालिकाका प्राविधिक विज्ञहरुको उपस्थितिमा काम गर्न निर्देशन दिएको छ ।

उपप्रमुख डंगोलका अनुसार वडा कार्यालयको अनुगमन गर्दा छड, सिमेन्टको गुणस्तर, निर्माण स्थलको सतह, भूमिगत तला, निर्माण सामग्रीको मिश्रण र मोटाइलगायत पक्ष हेरिएको थियो ।

अनुगमनका क्रममा आयोगका उपाध्यक्ष डा. राजभण्डारीले बालुवा, डण्डी, सिमेन्ट, इँटा जस्ता निर्माण सामग्री र निर्माण गर्ने तरिकामा समितिले निगरानी गरेको बताए । ‘निर्माण अवधिमा सामग्रीको गुणस्तर हेर्छौँ । आवश्यकताका आधारमा अब गुणस्तर परीक्षण गराउने काम थालिनेछ,’ उनले भने ।

महानगरको योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछानेका अनुसार पूर्वाधार योजनाको नियमित अनुगमन थालिएको छ । यसको थालनीमा ठुला १० वटा योजनाको अनुगमन गरिनेछ । पहिलो चरणको अनुगमन वडा नम्बर ३, ४, ९, १६, २२, २६ र २९ मा रहेका ठूला योजनाहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?