+

एनएसएलको फाइनल प्रवेशका लागि पोखरा र ललितपुर भिड्दै

२०८० पुष  १२ गते ७:४७ २०८० पुष १२ गते ७:४७
एनएसएलको फाइनल प्रवेशका लागि पोखरा र ललितपुर भिड्दै

१२ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँज साढे ५ बजे सुरु हुनेछ ।

पोखरा र ललितपुरबीचको खेलको विजेताले शनिवार हुने फाइनलमा धनगढी एफसीसँग खेल्नेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टीसुटआउटमा हराएर फाइनलमा स्थान बनाइसकेको छ ।

पहिलो क्वालिफायरमा पराजित भए पनि पोखराले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पोखराका मुख्य प्रशिक्षक नवीन न्यौपानेले त्यो अवसरलाई सदुपयोग गर्दै फेरि धनगढीसँग फाइनल खेल्ने आशा राखेका छन् ।

उता ललितपुरले एलिमिनेटरमा साविक विजेता काठमाडौं रेजर्सलाई ३-० ले सहजै हराएर दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । लिगमा तेस्रो भएको ललितपुरले फाइनल पुग्न अझै एक खेल जित्नुपर्नेछ । पोखरा र ललितपुर जो फाइनल पुगे पनि नयाँ टोली फाइनल पुग्नेछ ।

लिग चरणमा पोखरा र ललितपुरले गोलरहित बराबरी खेलेका थिए। अब नकआउट खेल भएकोले दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने अवस्था छ ।

नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय