+

तथ्यांकमा पोखरा र ललितपुरबीचको दोस्रो क्वालिफायर

२०८० पुष  १२ गते ८:४५ २०८० पुष १२ गते ८:४५
तथ्यांकमा पोखरा र ललितपुरबीचको दोस्रो क्वालिफायर

१२ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)-२०२३ को दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सले आज ललितपुर सिटी एफसीको सामना गर्दैछ ।

दशरथ रंगशालामा हुने यी दुई टोलीबीचको दोस्रो क्वालिफायरसँग जोडिएका तथ्यांक यस्ता छन्-

  • यो खेल यसपल्टको ३९औं तथा समग्रमा ६४औं खेल हुनेछ ।
  • यो खेल यसपल्टको प्ले-अफको तेस्रो तथा अन्तिम खेल हुनेछ । समग्रमा भने यो प्ले-अफको छैटौं खेल हुनेछ ।
  • पोखराको यो दोस्रो प्ले-अफ हुनेछ । यसअघिको प्ले-अफको पहिलो क्वालिफायरमा पोखरा धनगढी एफसीसँग टाइब्रेकरमा ४-३ ले पराजित भएको थियो । वर्ष ०७८ मा पोखरा प्ले-अफ पुगेको थिएन् ।
  • ललितपुरको यो चौथो प्ले-अफ हुनेछ । ललितपुरले यसपल्टको आफ्नो पहिलो प्ले-अफका रूपमा भएको इलिमिनेटरमा डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्सलाई ३-० ले हराएको थियो । वर्ष ०७८ का दुई प्ले-अफमध्ये इलिमिनेटरमा बुटवल-लुम्बिनी एफसीलाई १-० ले हराएको थियो । त्यसपछिको दोस्रो क्वालिफायरमा भने काठमाडौंसँग ३-० ले पराजित भएको थियो ।
  • प्ले–अफमा पोखरा र ललितपुरबीचको यो पहिलो खेल हुनेछ ।
  • लिग चरणमा पोखरा र ललितपुरबीच अहिलेसम्म दुई खेल भएका छन् । त्यसमा दुवै खेल गोलरहित बराबरीमा टुंगेका छन् । वर्ष ०७८ र ०८० का दुवै खेलमा पोखरा तथा ललितपुर गोल गर्न असफल रहेका छन् ।
नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय