
१२ पुस, पोखरा । पोखरामा श्रीमतीको हत्या आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–७, ताकम घर भई हाल पोखरा बस्दै आएका ३६ वर्षीय रत्नबहादुर घर्ती छन् ।
घर्तीले बिहीबार दिउँसो आफ्नै श्रीमती २९ वर्षीया रेखा घर्तीको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकका अनुसार घर्तीले श्रीमतीको घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ’, डीएसपी विकले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4