+

आर्मीको अपराजित यात्रा ब्रेक गर्दै पर्सा ११ फाइनलमा

२०८० पुष  १३ गते १४:०३ २०८० पुष १३ गते १४:०३
आर्मीको अपराजित यात्रा ब्रेक गर्दै पर्सा ११ फाइनलमा

१३ पुस, वीरगञ्ज । लिग चरणभर अपराजित रहेको विभागीय टोली त्रिभुवन आर्की क्लबलाई पराजित गर्दै पर्सा ११ प्रो क्लब च्याम्पियनसिप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

वीरगञ्जस्थित नारायणी रंगशालमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा पर्सा ११ ले आर्मीलाई अप्रत्यासित रुपमा ३१ रनले हरायो ।

घरेलु टोली पर्सा ११ ले अब शुक्रबारै हुने नेपाल पुलिस क्लब र वन्डर्स क्लब नोएडाको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

राष्ट्रिय खेलाडीका कप्तान रोहित पौडेलसहित राष्ट्रिय टिमका खेलाडीको वर्चस्व रहेको आर्मीले पर्सा ११ ले दिएको १०० रनको लक्ष्य पनि भेट्टाउन सकेन । आर्मी १६.२ ओभरमा  ६८ रनमै अलआउट भयो ।

आर्मीका लागि कुशल मल्लले २१ बलमा १९ र बसिर अहमदले १५ बलमा १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आर्मीलाई अलआउट गर्न पर्सा ११ का कप्तान सन्दीप लामिछानेले ३.२ ओभरमा १३ रन मात्र खर्चेर सर्वाधिक ३ विकेट लिए । यस्तै अनिल साह, पवन सर्राफ र संसद मन्सुरीले २-२ तथा रञ्जित कुमारले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पर्सा ११ ले १९.४ ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सकेको थियो ।

पर्साका लागि संसद मन्सुरीले १७, अनिल शाह र रुपेश सिंहले १५-१५, पवन सराफले ११ रन बनाएका थिए । आर्मीका सोमपाल कामीले ३.४ ओभरमा २० रन खर्चेर ४ तथा कुशल मल्लले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ३ विकेट लिए । शहाब आलमले ४ ओभरमा १० नर खर्चेर २ विकेट लिए ।

प्रो क्लब च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय