+
+

अंग्रेजी नयाँ वर्षको अवसरमा ‘फोन पे’ले सार्वजनिक गर्‍यो नयाँ अभियान

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १४:१७

काठमाडौं ।  अंग्रेजी नयाँ वर्षको अवसरमा ‘फोन पे’ले ‘फोनपे गर्ने हो’ नामक नयाँ अभियान घोषणा गरेको छ ।

‘फोन पे’सँग सहज भुक्तानी विधि अप्नाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ भन्ने मुल सन्देशका साथ नयाँ अभियान सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अप्नाउन प्रोत्साहन गरेको छ! फोनपे क्यू आर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी वा लेनदेनका आवश्यक्ताहरुलाई सरल र सुविधाजनक बनाउँदै, धेरै मानिसहरु माझ थप उजागर गराउन सघाउने विश्वास गरिएको छ ।

१३ पुसदेखि १७ पुससम्म चल्ने यस अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे  डिरेक्ट सेवा, अभियान समय अवधि भर, पाँच पटकसम्म प्रयोग गर्नु पर्ने सर्त लागु गरिएको छ |

त्यसको साथसाथै, फोनपे क्यू आर वा फोनपे डिरेक्ट, दुवै सेवा ५ पटकसम्म प्रयोग गरेर पनि ग्राहकहरुले अभियानमा सहभागिता जनाउन सक्ने छन् ।

यस अभियानमा  दुई भाग्यशाली विजेताहरूलाई एमआई साओमी १२ स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने छ !

यो नयाँ अभियानले ग्राहकहरुलाई आफ्नो दैनिक भुक्तानी वा लेनदेनमा फोनपे सेवाहरुलाई समावेश गर्न थप प्रोत्साहित गर्ने फोनपेका चिफ स्ट्राटेजि अफिसर सुवोद शर्माले बताए ।

सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोनपे सदैव प्रतिबद्ध रहेको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?