+
+

तस्वीरमा बालकुमारीको तनाव

आर्यन धिमाल आर्यन धिमाल
२०८० पुष १३ गते १४:४२

१३ पुस, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको विरोधमा युवाहरुले गरेको प्रदर्शनका कारण शुक्रबार बालकुमारी क्षेत्र तनावग्रस्त रह्यो ।

ग्वार्कोस्थित ईपीएस कार्यालयमा जम्मा भएका युवाहरुले चक्रपथमा आएर सडक अवरुद्ध पारेका थिए । त्यसक्रममा उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी रोके । मन्त्री र पीएसओ गाडीबाट ओर्लिएपछि उनीहरुले आगजनी गरेका छन् ।

प्रहरीका अनुसार अरु केही गाडीमा आगजनी भएको छ भने केही गाडीमा तोडफोड समेत भएको छ । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले अश्रुग्यासका साथै हवाई फायर गरेको छ ।

प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् । १७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेनुहोस् तस्वीरहरु :

      

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?