+

पाँचौं राष्ट्रिय स्की प्रतियोगिता माघको दोस्रो साता मुस्ताङमा हुने

२०८० पुष  १४ गते १२:३९ २०८० पुष १४ गते १२:३९
पाँचौं राष्ट्रिय स्की प्रतियोगिता माघको दोस्रो साता मुस्ताङमा हुने

१४ पुस, काठमाडौं । नेपाल स्की संघको आयोजनामा आगामी माघ दोस्रो साता पाँचौ राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षत्रेमा आयोजना गरिने संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुने संघका महासिचव विजय श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा पुरुष तथा महिलाको प्रतिस्पर्धा समावेश गरिएको छ ।

प्रतियोगिताका लागि आयोजना हुने प्रशिक्षणमा ५० जनाको सहभागिता हुनेछ । त्यसमध्ये उत्कृष्ट हुने खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने आयोजकले जनाएको छ । प्रशिक्षण मुक्तिनाथको प्रतियोगिता स्थलमै हुनेछ ।

प्रतियोगिताका विजेता खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै विजयी खेलाडीलाई थप प्रशिक्षण प्रदान गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता संघले जनाएको छ ।

नेपाल सन् २०२४ मा स्कीका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

यो प्रतियोगितामा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद, गण्डकी खेलकुद परिषद् र नेपाल पयर्टन बोर्डको साथ रहने तथा मनकामना केबल कार र पोडवे नेपालले प्रायोजन गर्ने भएको छ ।

साथै सन् २०२४ को जनवरी–फेब्रुअरीमा दक्षिण कोरियाको गाङवनमा हुने युथ ओलम्पिक्समा नेपालका तर्फबाट छनोटका भएका छोवाङ मिन्गुर तामाङ र लक्ष्मी राईले राष्ट्रिय प्रतियोगितामा सहभागिता जनार्नेछ  । तामाङ र राईले पनि अल्पाइन जायन्ट स्लालामै सहभागिता जनाउने छन्  ।

स्की प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय