+

प्रधानमन्त्री कपमा सुदूरपश्चिमले दोस्रो एलिमिनेटर खेल्ने

२०८० पुष  १५ गते १६:११ २०८० पुष १५ गते १६:११
प्रधानमन्त्री कपमा सुदूरपश्चिमले दोस्रो एलिमिनेटर खेल्ने

१५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा बागमती प्रदेशमाथि ९ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेशले दोस्रो एलिमिनेटरमा कोशीसँग खेल्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बागमतीले दिएको १०० रनको लक्ष्य सुदूरपश्चिमले १४.३ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो ।

सुदुरपश्चिमको लागि ओपनरम बिन्दु रावलले ५४ रन, सम्झना खड्काले अविजित २१ र रुवी पोद्दारले १८ रन बनाए ।

बागमतीका लागि एक मात्र विकेट मनिषा उपाध्यायले लिइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले १९ ओभरमा अलआउट हुँदै ९९ रन बनाएको थियो । बागमतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक ३६, सोनी पाख्रिनले १४, हेलिशा गुरुङ र खुसी डंगोलले १०–१० रन बनाए ।

सुदूरपश्चिमकी कृष्मा थापाले सर्वाधिक ३ विकेट लिइन् । लक्ष्मी साउद र ऋतु कनौजियाले समान २/२ विकेट लिए ।

आइतबार नै भएको पहिलो खेलमा एपीएफले कोशीमाथि ५२ रनको जित निकाल्दै फाइनल पुगेको छ । फाइनल पुग्ने अर्को टिम कोशी र सुदूरपश्चिमबीचको खेलको बिजेता हुनेछ ।

प्रधानमन्त्री कप महिला टी-२०
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय