
काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन ५ मा उत्कृष्ट ६ जनाको समीकरण तयार भएको छ । पछिल्लो सप्ताहन्तमा लाइभ राउण्डका दुई एपिसोडबाट यी ६ प्रतिस्पर्धी छनोट भए ।
मकरबहादुर योञ्जन, मोनिका राई, तेन्जिङ डोल्मा गुरुङ, नोगेन लिम्बु, कुमार प्रयास र विनोद राईमा प्रवेश गरेका छन् । यीमध्ये कुमार र विनोद फाइनलमा प्रवेश गरिसकेका छन् ।
दर्शकले मनपर्ने प्रतिभालाई खल्ती एपमार्फत भोट गर्न सक्नेछन् । आगामी सप्ताहन्तमा मकर, मोनिका, तेन्जिङ र नोगेनमध्ये दुईजना फिनालेमा प्रवेश गर्नेछन् । त्यसपछि फिनाले समीकरण तयार हुनेछ ।
लाउभ राउण्ड रोचक बन्दै जाँदा प्रतिस्पर्धीको दबाब पनि बढिरहेको छ । यस्तोमा सेमिफाइनलको आउँदो साता रोचक हुने अनुमान छ । भ्वाइस अफ नेपाल हिमालय टिभी एचडीमा प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4