
१६ पुस, दाङ । दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ ।
घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत तुलसीपुरको दुधरासमा बसको ठक्करबाट तुलसीपुर १७ झिङ्गैका ७ वर्षीय सागर चौधरीको मृत्यु भएको हो ।
तुलसीपुर–१८ स्थित जनकल्याण माध्यमिक विद्यालयबाट घर फर्कदै गरेका बालक चौधरीलाई भे १ ख ३६९७ नम्बरको बसले बेलुकी साढे ४ बजे ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता नवचन्द्र मल्लले जानकारी दिए । बसको ठक्करपछि बालकको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4