+
+

विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट चयन गर्न नेविसंघको माग

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १८ गते १४:५२

१८ पुस, काठमाडौं । विश्वविद्यालयका पदाधिकारी खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने माग सहित नेपाल विद्यार्थी संघको एक पक्षले शिक्षा मन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ ।

नेविसंघको संस्थापनइतरले शिक्षामन्त्री राईलाई भेटेर शिक्षा प्रणालीको सुधार, विश्वविद्यालयहरु भईरहेको राजनीतिकरण ,दलियकरणको अन्त्य गर्नका माग गरेको हुन् ।

विश्वविद्यालयका पदाधिकारी खुल्ला प्रतिस्पर्धावाट मेरिटका आधारमा नियुक्तिको माग सहित ज्ञापनपत्र बुझाईएको छ । प्राज्ञिक क्षमता, दक्षताका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्तिको माग राखेर शिक्षामन्त्री राईलाई ज्ञापनपत्र नेविसंघका केन्द्रीय सदस्य भुवन भट्ट जानकारी दिए ।

त्रिवि लगायत देशभरका विश्वविद्यालयहरुमा भइरहेका अनियमितता नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । उत्पादनसँग जोडिनु भन्दा वेरोजगार जनशक्ति उत्पादन गर्ने थलोका रुपमा विश्वविद्यालय भएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?