
१८ पुस, काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा एमालेले चाहेको के हो बुझ्ने बताएका छन् ।
सत्तारुढ गठबनधनका चार दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई शुन्य नबनाउन एमाले नेताहरुले आग्रह गरेको सुनाएका थिए ।
‘एमालेको प्रस्ताव के हो ? माग के हो त्यो क्लियर आओस् । त्यसपछि कुरा गर्न सजिलो हुन्छ भन्ने भएको छ’, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ।
चार दलको बैठक लगतै एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेर छलफल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4