
२० पुस, काठमाडौं । नवौं संस्करणको ‘नेपाल उड इन्टरनेसनल एक्स्पो’ शुक्रबारदेखि भृकुटीमण्डपमा सुरू भएको छ ।
एक कार्यक्रमका बीच एक्स्पोको उद्घाटन शहरी विकास मन्त्री सीता गुरुङले गरेकी छन् ।
आयोजकका अनुसार प्रदर्शनीमा नेपालमा उत्पादित फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनसहित मेलामा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी प्रदर्शनी कक्ष छन् ।
यस प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फर्निचर क्षेत्रको विकास तथा आधुनिकीकरण मा टेवा पुर्याउने विश्वास आयोजकले राखेको छ । यो प्रदर्शनी २२ पुसमा सञ्चालन हुने छ ।
प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिक बाहेक नेपालका आर्किटेक्ट, इन्जिनियर्स तथा इन्टेरियर डिजाइनरहरुको समेत सहभागिता रहेको आयोजकले बताएको छ ।
प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने आयोजकको दाबी छ ।
मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा प्रदर्शनीको आयोजना गरेको हो ।
प्रतिक्रिया 4