+
+

कानुन समितिले प्रधानमन्त्रीलाई बोलायो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते १७:४९

२० पुस, काठमाडौं । संसदीय समितिले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे जानकारी दिन प्रधानमन्त्रीलाई निर्देशन दिएको छ ।

कानून न्याय तथा मानवअधिकार समितिको शुक्रबार बसेको बैठकमा सांसदहरुले दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा भएका सम्झौताहरु प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए ।

समिति सभापति विमला सुवेदीले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयका मन्त्रीसहित समिति बैठकमा उपस्थित भएर भारतीय विदेशमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौताहरुका विषयमा समितिलाई जानकारी दिन निर्देशन दिइन् ।

सरकारले गर्ने अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरु हेर्ने क्षेत्राधिकार कानुन समितिको भएकाले त्यसबारेमा जानकारी लिन प्रधानमन्त्रीलाई बोलाएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?