+

चौथो राष्ट्रिय वादोरियो कराते पुस २७ र २८ मा हुने

२०८० पुष  २० गते १८:३६ २०८० पुष २० गते १८:३६
चौथो राष्ट्रिय वादोरियो कराते पुस २७ र २८ मा हुने

२० पुस, काठमाडौं । नेपाल वादोरियो कराते डो संघको आयोजनामा पुस २७ र २८ गते चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिताको हुने भएको छ ।

विश्व कराते महासंघको चार मुख्य विधा मध्येको एक रहेको वादोरियो करातेको चौथो संस्करणमा पुरुष र महिलामा एकल र काता सहित समान ६/६ वटा स्पर्धामा प्रतिस्पर्धा हुने शुक्रवार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष हरिशरण केसीले जानकारी दिए ।

बसुन्धरास्थित यति पार्टी प्यालेसमा हुने प्रतियोगितामा पुरुषतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६५ केजी, खुल्ला तौल समुह र एकल काता इभेन्ट्स छन् । त्यस्तै महिलातर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६० केजी, खुल्ला तौल र एकल काता रहेका छन् ।

प्रतियोगितामा सात प्रदेशको सहभागिता रहनेछ । प्रत्येक प्रदेशबाट हरेक तौलमा छानिएका एकजना खेलाडी मात्र सहभागिता हुनेछन् । जस अनुसार हरेक प्रदेशबाट ६ पुरुष र ६ महिला गरी १२ खेलाडी सहभागी हुने छन् ।  त्यसबाहेक एकजना प्रशिक्षक, एकजना व्यवस्थापक र रेफ्री रहनेछन् ।

प्रतियोगितामा सहभागी हुने सातवटै प्रदेशका खेलाडीको छनोट सम्पन्न भइसकेको र उनीहरु हाल क्याम्पमा बसेर तयारी गरिरहेको अध्यक्ष केसीले जानकारी दिए । प्रदेशबाट आउने खेलाडीहरुको लागि खाना र बस्नको लागि व्यवस्था गरिएको पनि केसीले बताए ।

प्रतियोगितामा पदक जित्ने खेलाडी, टिम च्याम्पियन प्रथम, द्वितिय, तृतीय, बेष्ट फाइटर पुरुष र महिला सबैलाई नगद पुरस्कारको व्यवस्था गरेको संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले बताए ।  प्रतियोगिता सञ्चालन गर्न करिब १७ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

यसअघि करातेको प्रतियोगिता नगद पुरस्कार राशी नराखिने गरेको भए पनि खेलाडीलाई खेलेर पनि कमाउन सकिन्छ भन्ने सन्देश दिन यस पटकदेखि नगद पुरस्कार दिने तयारी गरेको अध्यक्ष केसीले जानकारी दिए । केसी नेपाल कराते महासंघका पनि वरिष्ठ उपाध्यक्ष हुन् ।

यस्तै प्रतियोगितामा सहभागि हुने ८४ जना खेलाडीको बीमा पनि गरिएको अध्यक्ष केसीले जानकारी दिए ।

वादोरियो कराते
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय