
२२ पुस, काठमाडौं । लागु औषध गाँजा मिसाई केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ घट्टेकुलो बस्ने २६ वर्षीय विशन मानन्धर रहेका छन् ।
विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनको साथबाट प्रहरीले गाँजाको धुलो १२१, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम, गाँजा ३ केजीलगायतका सामानहरू बरामद गरेको छ ।
उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्न प्रकारहरू बनाइ अनलाइन डेलिभरी गर्दै आएको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4