
२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक ३ घण्टापछि सारिएको छ ।
दिउँसो १ बजेका लागि बोलाएको बैठक चार बजेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आसन्न राष्ट्रिय सभा चुनावका उम्मेदवार चयनका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।
सत्ता गठबन्धनबीच कांग्रेसले १० जना उम्मेदवार उठाउने मोटामोटी सहमति बनेको छ । एकीकृत समाजवादीले तीन जनाको अडान राख्दा अन्तिम सहमति भने बन्न सकेको छैन । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिममा भने क्लष्टर अनुसार भागवण्डामा सहमति जुटिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4