
काठमाडौं । गोल्डेन ग्लोब्ससँगै सन् २०२४ को अवार्ड सिजन सुरु भएको छ । वर्षको पहिलो रेडकार्पेट इभेन्टमा सेलिब्रेटीले स्टाइल पेश गरे । टेलर स्वीफ्टदेखि मार्गट रोबीसम्मका स्टार रेडकार्पेटमा चम्किए ।
सन् २०२३ को पछिल्लो चार महिना चलेको हलिउड हड्तालले सेलिब्रेटीलाई रेडकार्पेटबाट टाढा राखेको थियो । तर हड्ताल टुंगिएपछिको पहिलो रेडकार्पेटमा स्टारले आकर्षक पहिरनसँगै स्टारडम छरे ।
ओस्कारको तुलनामा गोल्डेन ग्लोबको रेडकार्पेटलाई रमाइलो मुडको परिणामसहित आरामदायी घटनाको रुपमा लिइन्छ । वर्षकै ठूलो फिल्म ‘बार्बी’ स्टारको रुपमा रोबी पहिरनसँगै रमाउँदै गरेको देखिइन् ।
रोबीले गत वर्ष फिल्मको प्रवर्द्धन टुरमा गुलाबी लुक्सको पहिरन लगाएर सबैको ध्यान तानेकी थिइन् । गोल्डेन ग्लोब्समा भने उनले सन् १९७७ मा चलेको अरमानी निर्मित बार्बीको गुलाबी सेक्विन पोशाक लगाएर सहभागिता जनाइन् ।
टेलर स्विफ्ट भने हरियो गाउनसहितको पनि रंगीन सेक्विनमा रेडकार्पेटमा आइपुगिन् । उत्कृष्ट सिनेम्याटिक र बक्सअफिस अचिभमेन्ट विधामा मनोनित इरास टुर कन्सर्ट फिल्मले पुरस्कार नजिते पनि स्वीफ्ट प्रेमीबिनै रेडकार्पेटमा हिंडिन् ।
जुलियाना मुर्रे, फ्लोरेन्स पग, सेलेना गोमेज, एन्ड्रिउ स्कट, तिमोथी चालमेट, जेनिफर लरेन्स, आफ्ना विन्फ्रे, दुआ लिपा, बिली एलिस, लियानार्दो डिक्याप्रियो, लिली ग्लाडस्टोन पनि रेडकार्पेटमा सहभागी भए ।
तस्वीर : अन्तर्राष्ट्रिय सञ्चारमाध्यम
प्रतिक्रिया 4