+

पुलिसलाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा

२०८० पुष  २३ गते १६:२० २०८० पुष २३ गते १६:२०
पुलिसलाई पराजित गर्दै एपीएफ सेमिफाइनलमा

२३ पुस, काठमाडौं । ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा पुलिसलाई पराजित गर्दै एपीएफ क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

सुर्खेतमा जारी प्रतियोगितामा आज भएको दुई विभागीय टिमबीको खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान बनाएको हो ।

एपीएफले २५–१७, २५–१५, २२–२५ र २५–२० ले पुलिसलाई हराएको हो ।

दुई समुहमा विभाजन गरि भइरहेको यस प्रतियोगितामा १० टोली सहभागी छन् । समुह ए मा दुई विभागीय टिम एपीएफ, नेपाल पुलिस, लुम्बिनी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश छन् ।

समुह बी मा भने त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश छन् ।

आजको खेलमा पुलिसलाई पराजित गरेको एपीएफ समुह विजेता बन्ने बलियो सम्भावना रहेको छ । एपीएफ ३ खेलमा ३ खेल जित्दै ९ अंक सहित समुह ए को शीर्षमा छ ।

प्रतियोगितामा दुई समुहका शिर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन् । पुस २१ बाट सुरु भएर २६ गतेसम्म हुने यस प्रतियोगिता नेपाल भलिबल संघको आयोजना र कर्णाली भलिबल संघको व्यवस्थापनमा भइरहेको छ ।

राष्ट्रिय भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय