+
+

लघुबीमा कम्पनीले ५० लाखसम्मको मोटर बीमा गर्नसक्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १८:४४

२३ पुस, काठमाडौं । लघुबीमा कम्पनीले ५० लाख रुपैयाँसम्मको मोटर बीमा गर्न पाउने भएका छन् ।

नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीको व्यवसायिक दायरा बढाउनेगरी लघुबीमा निर्देशिका (प्रथम संशोधन) २०८० जारी गर्दै उक्त व्यवस्था गरेको हो ।

यसअघि ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटर अन्तरगत पर्ने कृषि उपकरण, मोटरसाइकल, ट्राइसाइकल, मोपेड, ट्याम्पु, रिक्सा र ठेलागाडाको मात्रै बीमा गर्नसक्ने व्यवस्था थियो ।

बीमा प्राधिकरणले लघुबीमा निर्देशिका संशोधन मार्फत ५० लाखम्मको मोटर बीमा र मोटर तेस्रोपक्ष बीमा गर्नसक्ने व्यवस्था गरिदिएको छ ।

मोटर तेस्रोपक्ष बीमा गर्दा मोटर बीमा दर सम्बन्धी निर्देशिका २०७३ अनुसार गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?