
२३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फको प्रथम वर्षको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयले गत वैशाख र जेष्ठ महिनामा सञ्चालन गरेको बीएससी प्रथम वर्षको आंशिक परीक्षाको नतिजा सोमबार प्रकाशित गरेको हो ।
करिब सात महिनापछि प्रकाशन भएको परीक्षाको नतिजा वेभसाइट तथा ३३६२४ मा एसएमएस गरेर हेर्न सकिने कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4