+
+

बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानका बोल्ट कस्नुपर्ने प्राविधिक टोलीको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते ८:३७

२३ पुस, काठमाडौं । बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानका बोल्टहरु अझै अलिकति कस्नुपर्ने निष्कर्ष प्राविधिक टोलीले निकालेको छ ।

अलास्का एयरलाइन्सको उडिरहेको एक विमानको एक ढोका भुइँमा खसेपछि बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानहरु निरीक्षणको क्रममा बोल्टहरु अझै कस्नुपर्ने जरुरी देखिएको शिकागोस्थित युनाइटेड एयरलाइन्सले जनाएको हो ।

गत शुक्रबार अमेरिकाको पोर्टल्याण्ड (ओरेगान)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको आपतकालीन ढोका हावाको दबावमा अलग्गिएर भुइँमा खसेको थियो ।

उक्त घटनापछि बोइङ ७३७ म्याक्स ९ मोडेलका सबै १७१ वटा विमानहरुलाई अमेरिकाको संघीय उड्डयन प्रशासनले ग्राउन्डेड गरिदिएको छ । त्यसपछि युनाइटेड एयरलाइन्सको प्राविधिक टोलीले त्यो मोडेलका सबै विमानहरुको प्राविधिक जाँच गरेको थियो । सोही जाँचपछि ७३७ म्याक्स ९ मोडलका विमानका विभिन्न बोल्टहरुलाई अझै अलिकति कस्नुपर्ने निष्कर्ष निकालिएको बीबीसीले लेखेको छ ।

अलास्का एयरलाइंसअलास्का एयरलाइंसअलास्का एयरलाइंसअलास्का एयरलाइंस

युनाइटेड एयरलान्यसका अनुसार ती विमानहरुको डोर प्लगसँग सम्बन्धित इन्सटलेसनको समस्या पनि समाधान गरिएको छ । युनाइटेड एयरलाइन्सले विज्ञप्ति जारी गरेर भनेको छ, ‘शनिबार हामीले प्रारम्भिक जाँच गर्यौं । हामीलाई डोर प्लगको इन्सटलेसनसँग सम्बन्धित सामान्य समस्या देखियो । हामीले बोल्टहरुलाई अझै अलिकति कस्नु जरुरी छ ।’

‘डोर प्लग’ आपतकालीन निकासको बेला प्रयोग हुने ढोकाको एक हिस्सा हो । अलास्का एयरलाइन्सको विमानको यही हिस्सा विमान उडिरहेको बेला निस्किएर भुइँमा खसेको थियो । त्यसपछि १७१ यात्री र चालक दलका ६ सदस्यहरु रहेको उक्त विमानलाई आकस्मिक अवतरण गराउनु परेको थियो । विमानमा रहेका सबै जना सकुशल रहे । विमानबाट अलग भएको ढोका भने एक शिक्षकको बगैंचामा भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?