
राप्रपाले उम्मेदवार बनाएका अम्बरबहादुर विष्ट । उनलाई सत्ता गठबन्धनको समर्थन छ ।
२४ पुस, विराटनगर । नेकपा एमालेले पनि कोशी प्रदेशको सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।
केही समयअघि सकिएको एमालेको बैठकले सभामुखमा सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिने तयारी गरेका राप्रपाका अम्बरबहादुर विष्टलाई समर्थन गर्ने निर्णय गरेको हो ।
नेकपा एमाले सांसद लिलाबल्लभ अधिकारीका अनुसार एमालेले विष्टलाई नै समर्थन गर्ने निर्णय गरेको छ ।
एमालेले पनि समर्थन गर्ने भएपछि विष्ट सर्वसम्मत सभामुख बन्ने करिब निश्चित जस्तै भएको छ । विष्ट राप्रपाका समानुपातिक सांसद हुन् ।
विष्ट सभामुख बनेपछि राप्रपाको दुईवटा प्रदेशमा सभामुख हुनेछन् । बागमती प्रदेश सभामा राप्रपाकै भुवनकुमार पाठक सभामुख छन् ।
कोशीमा सभामुखको निर्वाचन आज दिउँसो ३ बजे हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4