+
+

पञ्चेश्वर आयोजना एक महिनाभित्र सुरु गर्ने सहमति भएको छ : परराष्ट्रमन्त्री साउद

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १५:४०

२४ पुस, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले भारतसँग पञ्जेश्वर आयोजनाको काम एक महिनाभित्र सुरु गर्ने सहमतिको भएको बताएका छन् ।

कञ्चनपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साउदले नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकको माइन्यूटमा हस्ताक्षर भइसकेको बताएका हुन् ।

‘संयुक्त आयोगको बैठकमा महाकाली र पञ्जेश्वरलाई एक महिनाभित्र सहमति गरेर सुरु गर्ने भनेर माइन्यूटमा हस्ताक्षर गरिसकेका छौँ’, मन्त्री साउदले भने, ‘६००० मेगावट भन्दा बढी विद्युत क्षमता राख्ने महाकाली सिचाईं परियोजना एउटा मेघा आयोजना हो । यो बनेपछि यहाँ रोजगारको पनि सिर्जना हुनेछ । भारत निर्यातका लागि १० वर्षभित्र १० हजार मेगावट विद्युत प्रतिवर्ष दिने गरेर सहमति भएको छ । त्यसमा हाम्रो हिस्साको ३ हजार मेगावट विद्युत हामीले बेच्न पायौँ भने हाम्रो अर्थतन्त्रमा पनि सुधार हुनेछ ।’

उनले पञ्जेश्वर परियोजनामा भारत र नेपालका प्रधानमन्त्रीबीच छलफल भएको र अहिले टेक्निकल टोलीले यसमा काम गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?