+
+

मिटरब्याज पीडितमाथि कुटपिटसँगै खुकुरी प्रहारको प्रयास गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १९:०३

२४ पुस, जनकपुरधाम । सिरहामा मिटरब्याज पीडितमाथि दुर्व्यवहारसँगै खुकरी प्रहारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि दुर्व्यवहारसँगै खुकुरी प्रहारको प्रयास गरेको आरोपमा  रामनारायण सिंहलाई प्रहरीले पक्रेको हो ।

सिंहलाई दिउँसो घरबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र वस्नेतले जानकारी दिए ।

‘भिडियोमा खुकुरी तेर्साएको पाइएपछि उनलाई आज घरबाटै पक्राउ गरेको हो । अहिलेसम्म पीडितले उजुरी दिएको छैन । अहिले नियन्त्रणमा राखेका छौं । पीडितले उजुरी दिएपछि कानुन कारबाही गर्छौ’ डीएसपी बस्नेतले अनलाइनखबरसँग भने ।

कल्याणपुर नगरपालिका वडा नं. ८ मझौराका मिटरब्याजी सुरेश पञ्जियारले कब्जा गरी रामनारायण सिंहसँग बेचिसकेको घरमा सोमबार दिउँसो सञ्जय पस्न खोजेपछि उनीमाथि कुटपिटसँगै खुकुरी प्रहारको प्रयास भएको थियो ।

सिंहका छोरा शैलेन्द्र, भाइ नितेश सिंह समेत आफूमाथिको घटनामा संलग्न रहेको पीडित सञ्जयले बताए । उनले मिटरब्याजी सुरेश पञ्जियारका भाइ दिनेश र रामनारायणमाथि जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन सम्बन्धि उजुरी गत वैशाखमै दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?