+
+

राष्ट्रिय सभा चुनावका लागि सत्ता गठबन्धनले बनायो समन्वय समिति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १९:४३
फाइल तस्वीर ।

२४ पुस, काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न समिति बनाएको छ ।

मंगलबार साँझ बसेको गठबन्धन बैठकले नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन रहेको समन्वय समिति बनाएको हो ।

‘यो समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जनै उम्मेदवारलाई विजयी गराउन समन्वय गर्छ’ जसपा प्रवक्ता सुमनले भने ।

उनका अनुसार समितिको पहिलो बैठक भोलि बुधबार २ बजे सिंहदरबारमा बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?