
२५ पुस, काठमाडौं । नयाँ जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ ।
कम्पनीको १२६ औं सञ्चालक समिति बैठकले सेयरधनीका लागि १६ प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनार्थ ०.८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
उक्त बोनस सेयर बीमा प्राधिकरणको स्वीकृति तथा वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् । कम्पनीको हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ५५८ रुपैयाँ छ । गत साउन २३ गते मात्रै कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गरी ३१ गते बाँडफाँट गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4