+

क्यानको जीएम नियुक्तिमा त्रुटि भएको भन्दै अदालत जाने चेतावनी

२०८० पुष  २५ गते १६:१८ २०८० पुष २५ गते १६:१८
क्यानको जीएम नियुक्तिमा त्रुटि भएको भन्दै अदालत जाने चेतावनी

२५ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको जनरल म्यानेजर जीएम नियुक्तिमा त्रुटि भन्दै अर्का प्रतिस्पर्धी नवराज कोइरालाले अदालत जाने चेतावनी दिएका छन् ।

जीएमका लागि आवेदन दिएर ११ जनाको सर्टलिस्टमा परेका मध्ये एक नवराज कोइरालाले बुधबार पत्रकार सम्मेलन गर्दै क्यानको पछिल्लो जीएम नियुक्तिको प्रक्रिया सही नभएको भन्दै त्यसलाई नसच्याएर आफू अदालत जाने बताएका हुन् ।

‘अब हामी यो विषयमा क्यानलाई पत्र पठाउनेछौं । ७२ घण्टा भित्र जनरल म्यानेजरको छनोट प्रक्रियामा भएको गल्ती सुधार नगरे हामी क्यान्डिडेटहरु सर्वोच्च अदालत गएर क्यान र क्यानका सचिव विरुद्ध मुद्दा हाल्छौं,’ उनले भने ।

नेपाल क्रिकेट संघ क्यानले सोमबार उत्सव ढुंगानालाई जीएम नियुक्त गरेको थियो ।

६८ जनाबाट १४ जनालाई सर्ट लिस्ट गरेको क्यानले ११ जनाको परीक्षा लिएको थियो । त्यसबाट प्रिजेन्टेसन र अन्तर्वार्ताका लागि ७ जना छनोट गरेर त्यसमध्ये उत्सवलाई उपयुक्त ठान्दै क्यानले जीएम बनाएको हो ।

‘नयाँ जीएमलाई बधाई छ । तर नियुक्तिको प्रक्रियामा त्रुटीहरु छन् । त्यसलाई सच्याउनुपर्छ भन्ने हाम्रो माग हो,’ कोइरालाले भने ।

कोइरालाले बलियो नेपाल संस्थाका संस्थापकसमेत रहेका क्यानका सचिव पारस खड्काले त्यही संस्थामा आबद्ध व्यक्तिलाई नै जीएम बनाएकोमा प्रश्न उठाएका छन् ।

जीएमका लागि अन्तर्वार्ता क्यानको अफिसमा नभएर होटलमा लिएको, अफिस समय सकिएपछि लिखित परिक्षा लिएको, सर्टलिस्टको सूची सार्वजनिक नगरेर व्यक्तिगत इमेल मात्र गरेको, प्रिजेन्टेसनका लागि एक दिनको मात्र समय दिएको लगायत त्रुटी उनले उल्लेख गरेका छ ।

कोइरालालाले माछापुछ्रे बैंक र सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत भइसकेका क्षमतावान व्यक्तिलाई समेत पहिलो चरणबाटै हटाइएको आरोप लगाए ।

सोमबार जीएम नियुक्तिपछि क्यान अध्यक्ष चतुरबहादुर चन्दले छनोट प्रक्रियाबाट सक्षम र काम गर्न सक्ने व्यक्तिलाई नै जीएम नियुक्त गरिएको प्रतिक्रिया दिएका थिए ।

त्सव ढुंगाना नेपाल क्रिकेट संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय