+
+

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले तिर्नुपर्ने वार्षिक दस्तुर हेरफेर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १७:१९

२५ पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले वार्षिक रुपमा कुझाउनुपर्ने दस्तुर हेरफेर गरेको छ ।

मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी नियमावली, २०६९ को नियम १७ ले दिएको अधिकार प्रयोग गरी सो नियमावलीको अनुसूची ५ र अनुसूची ६ को हेरफेर गरेर विवरण सार्वजनिक गरेको हो ।

अब सर्जिकल विधामा स्नातकोत्तर वा सो भन्दा माथिको योग्यता हासिल गरेका चिकित्सकले प्रतिवर्ष १५०० रुपैयाँ बुझाउनुपर्नेछ । यस्तै सर्जिकल बाहेक अरु विधामा स्नातकोत्तर वा सो भन्दामाथिको योग्यता हासिल गरेका चिकित्सकले १ हजार १००, एमबीबीएस, बिडिएस लगाएतले ७५० रुपैयाँ बुझाउनुपर्नेछ ।

चिकित्सक बाहेकका स्वास्थ्यकर्मीको हकमा सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सो भन्दा माथिकाले ६५०, सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको योग्यता हासिल गरेकाले ५००तिर्नुपर्छ ।

यस्तै सम्बन्धित विषयमा प्रविणता प्रमाणपत्र वा सो सरहको योग्यता हासिल गरेका स्वास्थ्यकर्मीले ४०० र सम्बन्धित विषयमा प्रविणता प्रमाणपत्र तह भन्दा कम योग्यता हासिल गरेका स्वास्थ्यकर्मीले ३६५ बुझाउनुपर्ने छ ।

स्वास्थ्य संस्थाले वार्षिक रुपमा प्रति संस्था २,००० र १० बेड भन्दामाथि (प्रति बेड) बापत १०० तिर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?