
२६ पुस, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले उद्योगहरुका लागि चाँदी आयात खुल्ला गर्न आग्रह गरेको छ । महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बिहिबार गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरी यस्तो आग्रह गरेको हो ।
महासंघका अध्यक्ष शाक्यले हाल कायम रहेको व्यवस्थाले उद्योगी व्यवसायीको लागत बढी पर्न गएको र त्यसले प्रतिस्पर्धी क्षमता घटाएकोले आयातको सीमालाई खुल्ला गर्नुपर्ने बताए । अहिले एक पटकमा ६० हजार डलरसम्मको सीमामा रहेर चाँदी आायत गर्न पाउने व्यवस्था छ ।
उनका अनुसार महासंघको प्रतिनिधिमण्डलले खपतका आधारमा चाँदीको आयात खुल्ला गर्न केन्द्रीय बैंकको ध्यानाकर्षण गराएको छ । व्यवसायीको आग्रहलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले आफूले व्यवसायीको मागलाई सकारात्मक रुपमा लिएको बताए ।
त्यसक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम ढुङगाना, बमबहादुर मिश्र तथा महासंघका तर्फवाट उपाध्यक्ष पवनकुमार सोमानी, कार्यवाहक महासचिव किरणभाइ बज्राचार्य, प्रवक्ता मनोजकुमार साह लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया 4